ओलीको प्रतिक्रिया-‘पार्टीले हार्नुको मुख्य कारण अन्तरघात, निष्पक्ष नहुँदा परिणाम तलमाथि’

काठमाडौं, ११ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावमा पार्टीले हार्नुको मुख्य कारण अन्तरघात भएको बताएका छन्।

चुनावी परिणामपछि पहिलो पटक एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले अन्य दलका कारण नभई एमालेकै कारण चुनाव हारिएको बताएका हुन्।बुधबार यसबारे प्रतिक्रिया दिएका हुन्।

बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको वैठकमा ओलीले गठबन्धनले राज्यसत्ताको दुरुपयोग गरेका कारण चुनावी परिणाम तलमाथि भएको दाबी गरे ।

‘चार महानगरमा हामीले उपमेयर जित्यौं तर मेयर जित्न सकेनौं। अन्तरघातका कारणले यस्तो भएको हो।ु यस्तो गर्न कहाँबाट सिकेछन्, यस विषयमा बृहत्‌ रूपमा समीक्षा गरिनुपर्छ,’ ओलीले वैठकमा भने ।

, ‘गठबन्धनले राज्य सत्ताको दुरुपयोग गर्दा हामीले हार्‍यौँ। गठबन्धनले लोकतन्त्रको चीरहरण गरेको छ। स्वच्छ, निष्पक्ष चुनाव हुन दिइएन।’ ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भने ।

एमाले यसपालि दोस्रो दल बनेको छ। २०७४ को चुनावमा २९४ पालिका जितेको एमाले यसपालि २०३ पालिका मात्रै मेयर/अध्यक्ष जितेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here