काठमाडौंमा तीनदिन कोरोना विरुद्धको खोप अभियान, १२ वर्ष माथिका सबैलाई दिइने

काठमाडौं, १२ जेठ । काठमाडौं महानगरपालिकामा आजदेखि तीनदिन कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।

काठमाडौं महानगरपालिकाले मोर्डना र फाइजर खोप अभियान सञ्चालन गर्न लागेको हो ।

खोप पहिलो र दोस्रो डोज लगाएको तीन महिना पूरा भएका १८ वर्ष माथिका सबैलाई मोर्डना खोप र १२ वर्षदेखि र १७ वर्षसम्मका नागरिकलाई मोर्डना वा फाइजर खोप दिन सकिने जनाइएको छ ।

महानगरका ३२ वटै वडा कार्यालयका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोेकेका स्थानमा बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप लगाइने छ ।

दोस्रो डोज वा बुस्टर मात्रा लगाउनेले यसअघिको खोप कार्ड र पहिलो मात्रा लगाउन आउनेल परिचय खुल्ने कागजात ल्याउनु पर्ने महानगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here