‘निर्वाचन स्वच्छ,निष्पक्ष भएन्,गठबन्धनले बुथ कब्जा गरेर चुनाव जिते’

काठमाडौं, १२ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ,निष्पक्ष नभएको आरोप लगाएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले निर्वाचन निष्पक्ष हुन नसकेको बताए ।

सम्पन्न भएको आज १४ दिनपछि पनि परिणाम किन आइसकेको छैन ? भन्दै प्रश्न गरेका छन् । ओलीले ठाउँ-ठाउँमा सत्ता गठबन्धनले बुथ कब्जा गर्दा पनि प्रहरी निरिह बनेर बसेको बताए ।

‘बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरिह बनेर बस्यो’ ओलीले भने ‘कब्जा नगरभन्दा प्रतिपक्षलाई पक्राउ गरियो ।

निर्वाचन स्वच्छ, धाँधलीरिहत हुन सकेन,’ उनले भने, ‘सत्ता पक्षले बुथ कब्जा गरेका ठाउँमा प्रहरी निरिह बन्यो । राज्य संयन्त्रको दुरुपयोग गरेर यस्तो निर्वाचन त पन्चायतले पनि गर्दैनथ्यो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here