‘छोरीलाई भोट नदिने चितवनका जनताले बोरामा हालेर मान्छे फालेको सम्झिएर थरथर काँपेर भोट हाले’

काठमाडौं, १२ जेठ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई जनताले भोट नहाले देश दुर्घटनामा जान्छ भनेर धम्काएपछि जितेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले प्रचण्डले चितवनमा सत्ता गठबन्धन विजयी नभए देश दुर्घटनामा जाने भन्दै दिएको अभिव्यक्ति मतदातालाई धम्याउने कार्य भएको बताए ।

‘चुनावमा यदि जनताले भोट नहाले देश दुर्घटनामा जान्छ भनेर धम्काए’ ओलीले भने ‘त्यहाँका मान्छेले द्वन्द्वकाल सम्झिए, त्यही चितवनमा बोरामा हालेर मान्छे फालेको सम्झिए । अनि विदेश गएको सम्झिएर जनताले थरथर काँपेर भोट हाले ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here