राजस्थान रोयल्स १४ वर्षपछि आईपीएलको फाइनलमा

काठमाडौं, १४ जेठ । जोस बटलरको उत्कृष्ट शतकमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई सात विकेटले पराजित गर्दै राजस्थान रोयल्स इण्डियन (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

सन् २००८ मा आईपीएल उपाधि जितेको राजस्थान त्यसको १४ वर्षपछि फाइनलमा पुगेको हो।

विश्वकै सबैभन्दा बढी दर्शक क्षमताको रंगशालामा जितका लागि १ सय ५८ रन पछ्याएको राजस्थानका लागि प्रारम्भिक ब्याट्सम्यान बटलरले ६० बलमा १ सय ६ रन बनाए र टिम १८.१ ओभर भित्र तीन विकेट गुमाएर १ सय ६१ रन बनाउन सफल रह्यो ।

राजस्थानको जितमा जोस बट्लरले अविजित १०६ बनाए। उनले ६० बलमा १० चौका र ६ छक्का प्रहार गरे। कप्तान सञ्जु सामसनले २३ तथा याशभी जैशवालले २१ रन जोडे।

बैंग्लोरका जोश हाजलउडले २ तथा वानिन्दु हसरंगा डी सिल्भाले एक विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा आठ विकेट गुमाएर १५७ रन जोडेको थियो।

बैंग्लोरका रजत पटिदारले ५८ रनको अर्धशतकीय इनिङ्स खेले। फाप डु प्लेसिसले २५ तथा ग्लेन म्याक्सवेलले २४ रन बनाए। राजस्थानका प्रसिद्ध कृष्ण र ओबेड म्याककोयले ३–३ विकेट लिए। ट्रेन्ट बोल्ट र रविचन्द्रन आश्विनले १–१ विकेट लिए।

राजस्थानले अब उपाधिका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ। गुजरात पहिलो क्वालिफायरमा राजस्थानलाई नै पराजित गरेर फाइनलमा प्रवेश गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here