विश्वका २० देश फैलियो मङ्कीपक्स, २ सय जनामा संक्रमण पुष्टी

काठमाडौं । विश्वका २० ओटा देशमा मङ्कीपक्सको संक्रमण पुष्टी भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार विश्वभरि अहिलेसम्म २०० जनामा मङ्कीपक्सको संक्रमण पुष्टी भएको बताएको हो ।

डब्लुएचओलाई प्राप्त विवरण अनुसार विश्वभरि अहिलेसम्म २ सय जनामा संक्रमण पुष्टि भएको, छ भने अरु १०० भन्दा बढीमा शङ्कास्पद लक्षण देखिएको छ ।

मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रति दिन फैलिदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन् ।

यस भाइरसका कारण मानिसको मृत्यु नै हुने गरेपछि संक्रमण छिटो छिटो धेरै जनामा सर्ने र शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन चिकित्सकहरूले अनुरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here