लिभरपुललाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि

काठमाडौं, १५ जेठ । स्पेनिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबल २०२१/२२ को उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनल खेलमा लिभरपुललाई १–० गोल अन्तरले पराजित गर्दै मड्रिडले १४ औं पटक च्याम्पियन्स लिगको उपाधि हात पारेको हो।

रियल मड्रिडलाई जित दिलाउने क्रममा खेलको ५९ औं मिनेटमा भिनिसस जुनियरले निर्णायक गोल गरे।

लिभरपुलको तर्फबाट कुनै गोल हुन सकेन। रियलको जितसँगै प्रशिक्षक कार्लो एन्सेलोटी पनि आफ्नो टोलीलाई चौथो च्याम्पियन्स लिगको उपाधि दिलाउने प्रशिक्षक बनेका छन्।

यससँगै रियल कीर्तिमानी १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । रियलले पछिल्लो पटक २०१८ मा च्याम्पियन्स लिग जितेको थियो । लिभरपुलको भने सातौं पटक उपाधि जित्ने लक्ष्य अपुरो भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here