दोधारा चाँदनीका मेयर लिम्बु भन्छन्-‘छाडा चौपाया ब्यवस्थापनको कुनै ठोस निर्णय नगरि घरदैलो भेटघाटमा जान्न’

दोधारा । दोधारा चाँदनी नगरपालिका मेयर किशोर कुमार लिम्बु छाडा चौपाया ब्यवस्थापनको कुनै ठोस निर्णय नगरि घरदैलो कार्यक्रममा नजाने प्रतिबद्धता जनाएका छन् । उनले आफ्नो सामाजिक संजालमा उक्त कुरा लेखेका छन् ।

‘छाडा चौपाया ब्यवस्थापन सम्बन्धमा कुनै ठोस निर्णय नगरि घरदैलोमा भेटघाट कार्यक्रममा आउने छैन् । गाँउ टोलमा जाने छैन्’ दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

दोधारा चाँदनी नगरपालिकाका प्रमुख समस्या मध्य एक छाडा चौपाया ब्यवस्थापन एक रहेको छ् । निर्वाचनको बेला गरिएको उम्मेदवारहरुको समेत प्रमुख समस्याकोरुपमा छाडा चौपाया ब्यवस्थापन रहेको थियो ।

किसानहरुले खेतवारीमा लगाएका बालीनाली छाडा चौपायाहरुले खाएर, उधनेर तहसनहस गर्न थालेपछि किसानहरु छाडा चौपायाको बिकराल समस्या प्रति यहाँका किसानहरु आजित हुदै आएका छन् ।

हिजो दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुको संयोजकत्वमा बसेको सर्वदलिय, सर्वपक्षिय बैठकले छाडाचौपाया नियन्त्रणको लागी अल्पकालिन तथा दिर्घकालिन ब्यवस्थापनको सुझाव दिएको बताईएको छ् ।

‘दोधारा चाँदनी नगरपालिकामा छाडा चौपायाहरुले किसानहरुको बालीनाली खाएर किसानहरुलाई पिडा दिईरहेको अवस्थामा दोधारा चाँदनी नगरपालिका कार्यालयमा बसेको सर्वदलिय तथा सर्वपक्षिय बैठकले नियन्त्रणको लागी अल्पकालिन तथा दिर्घकालिन सुझाव दिएका छन्’ दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले भने ।

नगर प्रमुख लिम्बुले दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख लिम्बुले नगर क्षेत्रमा छाडाचौपाय नियन्त्रणका लागी अल्पकालिन तथा दिर्घकालिन दुबै ब्यवस्था गर्ने तयारी भईरहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here