आगामी वर्ष थप १० लाख पर्यटक भित्राउने, हवाइ पूर्वाधार विकास गर्न १२ अर्ब २४ करोड

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा थप १० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा बताएका हुन् ।

यसकालागि पर्यटन क्षेत्रमा सस्तो ब्याजदरको कर्जा प्रवाह गर्नुका साथै सो क्षेत्रका गतिविधिलाई प्रोत्साहन गर्ने खालको नीति लिइने घोषणा पनि अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।

हवाइ पूर्वाधार विकास गर्न १२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माका अनुसार नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याएर नियामक र व्यवस्थापकमा विभाजन गरिनेछ। त्यस्तै त्रिभुवन विमानस्थलको ट्याक्सीवेलगायतको विस्तार गरिने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here