काठमाडौं, १५, जेठ । सरकारले आगामी आर्थिक वर्षदेखि सरकारी अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९र८० को बजेट प्रस्तुत गर्दै सरकारी अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने व्यवस्था गरिएको बताएका छन् ।
यसअघि ७१ प्रकारका औषधि मात्रै निःशुल्क वितरण हुँदै आएको थियो । मन्त्री शर्माले मिर्गौला प्रत्यारोपण गरेका, डाइलाइसिस गरिरहेका, मेरुदण्डको उपचार गरिरहेका बिरामीलाई मासिक ५ हजार रुपैयाँ उपचार खर्च दिने बताए ।