सवारी लाइसेन्सका लागि हालसम्म परेका सबै आवेदन रद्द, साँझदेखि नयाँ प्रणाली

काठमाडौं, १६ जेठ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ ।

विभागले सूचना जारी गर्दै नयाँ अनलाइन प्रणाली सुरु गर्नको लागि नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको जनाएको हो ।

नयाँ अनलाइन आवेदन जेठ १६ गते सोमबार साँझ ६ बजेदेखि सुरू हुनेछ । जेठ १६ गतेभन्दा पछाडि कार्यालय भिजिटको मिति पाएका सेवाग्राहीले समेत नयाँ आवेदन दिनुपर्नेछ ।

यसअघिको सिस्टममा समस्या आएपछि विभागले नयाँ अनलाइन आवेदन प्रणाली विकास गरेको हो । नयाँ सवारी चालक अनुमतिपत्रका लागि यहाँ क्लिक गरेर आवेदन दिन सकिने छ ।

साथै वर्ग थप गराउन चाहने सेवाग्राहीका लागि अर्कोहप्ताको सोमबारबाट आवेदन खुल्ने छ । विभागका अनुसार अब applydl.dotm.gov.np लगइन गरी नयाँ आवेदन भर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here