आइएमईको नयाँ योजना: ‘हर्षको २२ वर्ष एस २२ मोबाइल नै पर्छ’

काठमाडौं । आइएमईले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘हर्षको २२ वर्ष एस-२२ मोबाइल नै पर्छ’ योजना सार्वजनिक गरेको हो।

योजना अन्तर्गत देश तथा विदेशबाट आइएमई मार्फत पठाइएको रकम नेपालभरी रहेका एजेन्ट/ सब-एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे वालेटमा प्राप्त गर्दा हरेक हप्ता ५ जना विजेता रहने गरी २० जना विजेताहरूले स्मार्ट वाच र बम्परमा १ भाग्यशाली विजेताले सामसङ एस-२२ मोबाइल प्राप्त गर्नेछन्।

यो योजनामा सहभागी भएका सेवाग्राहीहरू मध्य कूल २१ जना विजेताहरू लाभान्वित हुने कम्पनीको भनाइ छ। यसका विजेताहरू प्रविधिमा आधारित स्वचालित लक्की ड्र प्रणालीद्वारा निर्धारण गरिनेछ।

सेवाग्राहीमूखी उक्त योजना आइएमई ग्रुपको काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा हालै आयोजित एक विशेष कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो।

कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईको २२ वर्षसम्मको व्यवसायिक यात्राको विशेष अवसरलाई लक्षित गरी तयार पारिएको सेवाग्राहीमुखी व्यापार प्रवर्द्धनात्मक कार्यक्रमले सेवाग्राही र आइएमईबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

यो योजना यही जेठ १५ गतेदेखि असार १५ गतेसम्मको लागि कायम गरिएको छ। यस योजनाको नतिजा कम्पनीका आधिकारिक सामाजिक सञ्जाल पेजहरू, वेब साइट एवम् सञ्चारका माध्यम मार्फत सार्वजनिक गरिनेछ। योजना अवधिका लागि निर्धारित सेवा वा सर्तहरू भने लागु गरिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here