वडाध्यक्ष डंगोलले भने-‘फोहोरमैला व्यवस्थापन नभएसम्म बैठकको भत्ता लिन्नँ, खातामा पैसा नहाल्नु होला’

काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिकाको बैठकमा वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले फोहोर व्यवस्थापन नभएसम्म भत्ता नलिने घोषणा गरेका छन्।

सोमबार बसेको महागरपालिकाको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन्। ‘फोहोरमैला व्यवस्थापन नभएसम्म मैले बैठकको भत्ता लिन्नँ। कृपया खातामा पैसा नहाल्नु होला,’ उनले भने।

त्यस्तै उनले सार्वजनिक शौचालयलाई व्यावसायिक गर्न नहुने पनि धारणा राखेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here