मेलम्चीको पानी रोकियो, उपत्यकावासीले बर्खाभर नपाउने

फाइलफोटो

काठमाडौं, १७ जेठ । मेलम्ची खानेपानी आयोजना विकास समितिले मेलम्चीको पानी ल्याउन आजदेखि रोक लगाएको छ ।

केही साता अघि अस्थायी संरचनाबाट पानी पुनः काठमाडौं ल्याउन थालिएको भएपनि वर्षाले आयोजनास्थलमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले पानी नियमित ल्याउन रोकिएको हो ।

पानी परेर टनेलमा धमिलो पानी प्रवेश गर्न थालेपछि ढोकालाई विस्तारै बन्द गर्न सुरु गरिएको हो। ‘एकै चोटी बन्द गर्ने हैन विस्तारै विस्तारै बन्द हुँदै जान्छ।’

ढोका बन्द भएपछि आज बिहानदेखि मेलम्चीको पानी महाँकालचौर पानी भण्डारण पोखरीमा आउन छाडेको छ। ०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी काठमाडौंका घर-घरमा वितरण गर्न थालिएको थियो।

०७८ असार १ मा मेलम्चीमा आएको बाढीले आयोजनामा क्षति गरेपछि लामो समयदेखि पानी ल्याउन सकिएको थिएन। मेलम्चीमा अस्थायी संरचनाबाट पुन: पानी ल्याउन थालिएको थियो। वैशाख दोस्रो सातादेखि काठमाडौंका घर-घरमा पुन: मेलम्चीको पानी आउन थालेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here