दाइजो प्रथाको पीडाबारे बनेको वसन्त विश्वकर्माको ‘रेलीमै’ लाई दर्शक स्रोताको साथ

काठमाडौं । दाइजो प्रथाबारे बनेको वसन्त विश्वकर्माको लोकदोहोरी गीत ‘रेलीमै’ दर्शक/स्रोताको रोजाइमा परेको छ ।

शान्तीश्री परियार र वसन्त विश्वकर्माको आवाजमा रहेको ‘रेलीमै’बोलको गीतमा नेपाली समाजमा रहेको कुप्रथा दाइजो प्रथालाई देखाइएको छ।

जसमा दाइजोका लागि हुने घरेलु हिंसा र त्यसकै कारण बर्सेनि कयौँ महिलाले आत्महत्या गर्ने गरेको गीतको भिडियोमा देखाइएको छ।

वसन्त विश्वकर्माका शब्द रहेको गीतमा संगीत प्रकाश दुतराजको रहेको छ। धर्म गन्धर्वको सारंगी र गोपाल देवको बाँसुरी गीतमा सुन्न सकिन्छ।

म्युजिक भिडियोमा वसन्तसहित उषा उप्रेती शिवशरण न्यौपानेलगायत कलाकारको अभिनय छ।

भिडियोको निर्देशक मौसम हिमालीले गरेका छन् । दुर्गा पौडेलको छायांकन रहेको उक्त गितको भिडियो सम्पादन नवीन घर्ती मगरले गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here