काठमाडौं, २० जेठ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । विभागले अन्तर प्रदेश चल्ने सवारीको भाडा घटाएको हो ।
नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको बताएको छ ।
विभागले यात्रुबाहक सवारीको भाडादर २ प्रतिशत घटाइएको छ। त्यस्तै मालबाहक सवारीमा पहाडी बाटोमा संचालन हुने मालबाहकतर्फ २.६ प्रतिशत र तराईमा संचालन हुने मालबाहकको भाडादर २.९ प्रतिशत घटाएको हो ।
समायोजन भएको भाडादर अन्तर प्रदेशमा सञ्चालन हुने सवारीमा लागू हुने विभागले जनाएको छ ।
कहाँको भाडा कति ?