प्रधानमन्त्री देउवाले गरे चलचित्र ‘सर्वजित’को शुभ मुहूर्त, मन्त्री आलेले ५ महिनाको तलब दिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चलचित्र ‘सर्वजित’को शुभ मुहूर्त गरेका छन्। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री देउवाले चलचित्रको शुभ मुहूर्त गरेका हुन्।

जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसको अवसर पारेर सर्वजितको मुहूर्त गरिएको हो । दिनेश डिसीले निर्देशन गर्ने चलचित्र दलित महिला केन्द्रले निर्माण गर्न लागेको हो।

‘सर्वजित’ नामक चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनमा आधारित हुने बताइएको छ । आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा उक्त चलचित्रको शुभमुहूर्त गरिएको हो ।

चलचित्र निर्माणका लागि एक करोड २५ लाख लागत अनुमान गरिएको छ।

चलचित्र निर्माणका लागि पर्यटनमन्त्री प्रेम आलेले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। मुहूर्त कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here