वायुमण्डलमा कार्बनडाइअक्साइड औद्योगिक क्रान्तिअघिको तुलनामा ५० प्रतिशत‍ले बढी

काठमाडौं । पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा बढेको बढ्यै छ । यो क्रम पछिल्लो शताब्दीमा झन् तीव्र रूपमा देखिएको छ ।

वैज्ञानिकहरूले हालसालै गरेको अनुसन्धानले पृथ्वीमा कार्बनडाइअक्साइडको मात्रा मे महिनामा ५० प्रतिशतभन्दा माथि पुगेको तथ्य बाहिर ल्याएको छ ।

नेशनल ओसो निक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए)) द्वारा हालै जारी गरिएको तथ्यांकअनुसारकार्बन डाइअक्साइडको स्तर औद्योगिक क्रान्ति अघिको तुलनामा हाल ५० प्रतिशतभन्दा भन्दा बढी छ ।

अमेरिकाको हवाइको मौना लोआ ज्वालामुखीमा एनओएएको मौसम स्टेसनमा मापन गरिएको कार्बनडाइअक्साइड​ मे महिनामा उच्च विन्दुमा पुगेको वैज्ञानिकहरूले ३ जुनमा घोषणा गरेका थिए ।

संसारभरका पावर प्लान्टहरू, अटोमोबाइलहरू, फार्महरू र अन्य स्रोतहरूले ठूलो मात्रामा कार्बन कार्बनडाइअक्साइडलाई वायुमण्डलमा फाल्दा ग्यासको मात्रा अत्यधिक बढेको छ । सन् २०२१ मा कुल ३६ दशमलब ३ अर्ब टन उत्सर्जन भएको थियो , जुन मानव इतिहासमै उच्चतम स्तर हो ।

‘विज्ञान अकाट्य छ । मानिसहरूले हाम्रो अर्थतन्त्र र पूर्वाधारले अनुकूलन गर्नुपर्ने तरिकामा हाम्रो जलवायु परिवर्तन गरिरहेका छन्’, एओएएका प्रशासक रिक स्पिनराडले भने ।

उनले अगाडि थपे, ‘हामी हरेक दिन हाम्रो वरपर जलवायु परिवर्तनको प्रभावहरू देख्न सक्छौं । मौना लोमा मापन गरिएको कार्बन कार्बनडाइअक्साइडको निरन्तरको बृद्धिले हामीले अझ बढी जलवायु तयार राष्ट्र बन्नको लागि तत्काल, गम्भीर कदम चाल्नु आवश्यक छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here