बालुवाटारमा पुग्यो नयाँ मन्त्रीको नाम, क-कसले पाउँदैछन् देउवा सरकारमा इन्ट्री?

काठमाडौं, २२ जेठ । नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।

आइतबार बसेको बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम देउवालाई बुझाएको हो ।

सहरी विकास मन्त्रालयमा मेटमणी चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा जीवनराम श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शेरबहादुर कुँवरको नाम सिफारिस गरिएको छ।

त्यसैगरी हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। स्वस्थ्य राज्यमन्त्री खापुङलाई मन्त्रीमा बढुवा गरेर उनको ठाउँमा केसीलाई ल्याइएको हो।

यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी थिए ।

एकीकृत समाजवादीले सबै मन्त्री फिर्ता बोलायो, मेटमणि,जीवनराम लगायत मन्त्री बन्ने दौडमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here