अर्जेन्टिनाको जितमा मेस्सी एक्लैको पाँच गोल

काठमाडौं, २३ जेठ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले एस्टोनियालाई ५ – ० ले पराजित गरेको छ । आइतबार राति भएको खेलमा कोपा अमेरिका विजेता अर्जेन्टिनालाई जिताउन कप्तान लियोनल मेस्सीले एक्लैले पाँच गोल गरे ।

योसँगै मेसी अन्तर्राष्ट्रिय फुटबलमा धेरै गोल गर्ने चौथो खेलाडी बनेका छन् । स्पेनमा सम्पन्न खेलमा मेसीले पहिलो हाफमै दुई गोल गरेका थिए । पीएसजीका फरवार्ड मेसीले दोस्रो हाफमा थप तीन गोल गरेका हुन् ।

पहिलो हाफमा दुई गोल गरेका मेस्सीले दोस्रो हाफमा तीन गोल गरेका थिए । आठौं मिनेटमा पेनाल्टीबाट खाता खोलेका मेस्सीले खेलको ४५, ४७, ७१ र ७६ मिनेटमा गोल गरेका थिए । एक गोल भने पेनाल्टीबाट भएको थियो।

योसँगै मेसीले सिनियर करियरमा पहिलोपटक अर्जेन्टिनाका लागि एकै खेलमा पाँच गोल गर्न सफल भएका छन् ।

यसअघि, मेसीले बार्सिलोनाबाट भने एकै खेलमा पाँच गोल गरेका थिए । सन् २०११-१२ को च्याम्पियन्स लिग अन्तिम–१६ मा बार्सिलोनाले बायर लेभरकुसेनलाई ७–१ ले हराउँदा मेसी एक्लैले पाँच गोल गरेका थिए ।

३४ वर्षीय मेसीले अर्जेन्टिनाबाट ८६ गोल गरिसकेका छन् । उनले हंगेरीका महान् खेलाडी फेरेन्क पुस्कासलाई पनि पछि पारेका छन् । पुस्कासले ८४ गोल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here