एमबाप्पे विश्वको मूल्यवान खेलाडी

काठमाडौं । पेरिस सेन्ट जर्मेनका युवा खेलाडी कायलिन एमबाप्पे विश्वको सबैभन्दा मूल्यवान खेलाडी बनेका छन्।

द इन्टरनेशनल सेन्टर फर स्पोर्ट्स स्टडिज (सिआइइएसले) सार्वजनिक गरेको १०० मूल्यवान खेलाडीको सूचीमा एमबाप्पेले नाम चलेका खेलाडीहरुलाई पछि पारेका हुन् ।

सिआइइएस फुटबल अब्जरभेटरीका अनुसार एम्बापेको अनुमानित मूल्य २० करोड ५६ लाख युरो छ।

शोधकर्ता समूह सीआईईएस फुटबल अब्जर्भेर्टिका अनुसार रियल रियल मड्रिडले गरेको प्रस्ताव अस्वीकार गरी पीएसजीमै बसेका थिए ।

दोस्रो स्थानमा रियल मड्रिडका भिनिसस जुनियर छन्। उनको अनुमानित ट्रान्सफर मूल्य १८ करोड ५४ लाख युरो छ। त्यस्तै म्यानचेस्टर युनाइटेडका एर्लिङ हालान्ड तेस्रो स्थानमा छन्।

उनको अनुमानित ट्रान्सफर मूल्य १५ करोड २७ लाख युरो छ। सीआईईएसले यो अनुमानको लागि विभिन्न सूचकको अध्ययन गर्ने गरेको छ।

जसमा खेलाडीको उमेर, प्रदर्शन, क्लबको आर्थिक अवस्था र मुद्रास्फीतिजस्ता विषय अध्ययन गरिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here