कृषि विकास बैंकमा जागिर खाने हाे ? विभिन्न पदमा मागियाे ३८४ जना कर्मचारी

काठमाडौं, ३१ असार । कृषि विकास बैंकमा विभिन्न पदका लागि ३८४ जना कर्मचारीको माग भएको छ ।

बैंकले मंगलबार एक सूचना प्रकाशित गरी नवौं तहका अधिकृत देखि र चौंथो तहका सहायक सम्म गरी विभिन्न ९ पदमा कर्मचारीको लागि दरखास्त आव्हान गरेको हो ।

बैंकले नवौं तहको वरिष्ठ शाखा प्रमुखमा ८ जना, सातौं तहको वरिष्ठ लेखा अधिकृत सीए एसीसीएमा २२ जना र सातौं तहकै वरिष्ठ इञ्जिनियर आईटीमा २० जना कर्मचारी माग गरेको हो ।

त्यस्तै बैंकले पाँचौं तहको व्यवसाय सहायकतर्फ १०७, पाँचौ तहकै एआईएस सहायकमा १३ जना र पाँचौं तहकै सिभिल ओभरसियरमा ५ जना कर्मचारी माग गरेको छ ।

चौंथो तहको लेखापालमा विराटनगर केन्द्रका लागि ६७, भैरहवा केन्दका लागि १०० जना र सुर्खेत केन्द्रका लागि ४२ जना कर्मचारी बैंकले माग गरेको छ ।

आवश्यक शैक्षिक योग्यता पुगेका उम्मेदवारले अनलाइनबाट दरखास्त फाराम फर्म सक्नेछन् ।

फारम अनलाइनबाट मात्रै भर्न सकिने र परीक्षा दस्तुर एडिबिएल स्मार्ट बैंकिङ, इसेवा वा फोनपेबाट भुक्तानी गर्न सकिने पनि बेंकले जानकारी दिएको छ ।

दरखास्त दिने अन्तिम मिती साउन २० गतेसम्मलाई तोकिएको छ भने त्यसपछिको ७ दिन अर्थात साउन २७ गतेसम्म दोब्बर दस्तुर तिरेर फाराम भर्न सकिनेछ ।

दरखास्त दिनको लागि दरखास्त दिने अन्तिम मितिसम्म तह ४ र ५ मा १८ वर्ष पूरा भई ३५ ननाघेको, तह ७ को लागि २१ वर्ष पूरा भई ३५ ननाघेको र तह ९ का लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने पनि बैंकले सूचनामा उल्लेख गरेको छ ।

हेर्नुहाेस् सूचनाः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here