‘काठमाडौंको फोहोरमैला व्यवस्थापन गर्न म बाहेक कसैले सक्दैन’- रामवीर मानन्धर

काठमाडौं, २७ जेठ । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद रामवीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापन गर्ने इच्छाशक्ति भएको व्यक्ति आफूमात्र भएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभामा बोल्दै उनले आफू बाहेक अरुले फोहोरमैला व्यवस्थापन गर्न नसक्ने बताए ।

‘काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार हुन मैले आकांक्षा गरेको थिएँ तर, म उम्मेदवार बन्न पाइनँ । फोहोरमैलाले अहिले काठमाडौं अस्तव्यस्त ध्वस्त भइरहेको छ । सरकारसँग सभामुखमार्फत एउटा माग राख्न चाहन्छु, मेरो अध्यक्षमा फोहोरमैला व्यवस्थापन संसदीय समिति निर्माण गरोस्’, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here