लोसपालाई देउवाको आश्वासन- ‘बजेट पास लगत्तै नागरिकता विधेयक संसदमा लान्छौँ’

काठमाडौं, ३० जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादीका नेताहरूलाई संसद्‌मा छलफल भइरहेको बजेटमाथि उठेका प्रश्नको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिएका छन् ।

सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका लोसपाका नेताहरूसँग प्रधानमन्त्री देउवाले बजेटमाथि उठेका प्रश्नको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिएका हुन् ।

लोसपाले जेठ २४ गते प्रधानमन्त्री देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्र सुनुवाइ नभएपछि शीर्ष नेताहरु सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका थिए।

साथै जेल जीवन बिताइरहेका आफ्ना नेता रेशम चौधरीलाई कारागारमुक्त गराउन पनि उनीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here