विश्वकपमा एसिया महादेशबाट पहिलो पटक ६ टिम प्रतिस्पर्धा गर्दै

काठमाडौं, ३१ जेठ । फिफा विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । विश्वकपमा अष्ट्रेलिया छनोट भएसँगै एसिया महादेशका ६ टिम पुगेका हुन् ।

अन्तरमादेशीय प्लेअफमा दक्षिण अमेरिकी टिम पेरुलाई हराउँदै अष्ट्रेलिया यसै वर्षको अन्त्यमा कतारमा हुने विश्वकपमा छनोट भएपछि थियो ।

त्यस्तै आयोजकको हैसियतमा कतारले सिधै विश्वकपमा स्थान बनाएको थियो । अन्य देशमा जापान, दक्षिण कोरिया, इरान र साउदी अरेबिया छनोट चरण पार गर्दै छनोट भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here