ड्राइभिङ लाइसेन्स ‘वर्ग थप’को लागि पनि अनलाइन आवेदन खुल्यो

काठमाडौं, ३१ जेठ । यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्रमा वर्ग थपका लागि पनि आवेदन खुलाएको छ ।

दुई साता अघि नयाँ लाइसेन्सका लागि आवेदन खुलाएको विभागले आजदेखि वर्ग थपका लागि पनि अनलाइन आवेदन खुलाएको हो ।

यससँगै अब कुनै एउटा वर्ग रहेका सवारी चालकले अन्य प्रकारका सवारी चलाउनका लागि अनलाइन मार्फत अर्को वर्ग थप गर्न आवेदन दिन सक्ने छन् ।

विभागले जेठ १६ गतेबाट नयाँ लाइसेन्सका लागि आवेदन खुलाए पनि प्राविधिक समस्याका कारण भन्दै वर्ग थपका लागि अनलाइन फारम खुलाएको थिएन ।

विभागले वर्ग थपका लागि अनलाइन आवेदन खुलाए पनि दस्तुर भने अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था मिलाएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here