‘ओली-प्रचण्डको भागबण्डा नमिलेपछि नेकपा विभाजन भयो, त्यो निर्णय क्षम्य हुन सक्दैन’

फाइलफोटो

काठमाडौं, १ असार । नेकपा एमालेका नेता घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीमाथि व्यंग्य गरेका छन् । ‘कम्युनिस्ट आन्दोलन स् संकट र अबको बाटोु शीर्षकको अन्तरक्रिया कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै भुसालले ओलीमाथि व्यंग्य गरेका हुन् ।

‘ओलीले माधव नेपालको नाम लिएर कुल्ला गर्नुभयो भने एमालेका खास खास कार्यकर्तालाई बान्ता नगरि सुखै छैन। कमरेडले कुल्ला गर्नुहुन्छ‚ कार्यकर्ताले बान्ता गर्नुपर्छ। चाहेर नचाहरेर पनि हाम्रो योग्यता यसमा देखिन्छ। हामीले यो समाजलाई कता लैजाँदैछौँ त्यही देखिन्छ।’

उनले ओलीलाई मात्र नभएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि कटाक्ष गरेका छन्।

भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुई पटकसम्म गरिएको संसद विघटनको निर्णय क्षम्य हुन नसक्ने बताए ।

‘नेकपा मिल्दा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री र अध्यक्ष आधा आधा समय बाँडफाँटको सहमति दुई वर्षसम्म गोप्य राखे’, उनले भने, ‘जुवा खेलेर यिनीहरुले गाउँभरी हल्ला गर्दै हिँडे। सहमतिको पोल खुलेपछि समस्या भयो।’

उनले नेकपाकालमा ओलीले बैठक नबोलाएपछि प्रचण्ड र माधव नेपालले अविश्वास प्रस्ताव राखेको टिप्पणी गरे।

‘ओलीले पार्टी बैठक नबोलाएपछि प्रचण्ड र माधवले अविश्वासको प्रस्ताव अघि सारे। उनीहरुले पनि प्रक्रियासम्मत अविश्वास राख्नुपर्थ्यो’, उनले भने, ‘एउटाले बैठक बोलाउँदैन, अर्काले सही गर्दै हिँड्छ। दुईजनाको गोप्य सम्झौताको पोल खुलेपछि संसद विघटन गरियो। यो क्षम्य हुने कुरा होइन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here