‘एमालेलाई सिद्धयाउन खोजेका थिए, महासंग्रामको लडाइँ जितेर आयौँ’

काठमाडौं, २ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई सिद्धाउन खोज्नेहरुबाट जोगिएर यहाँसम्म आइपुगेको बताएका छन्।

राष्ट्रियसभा गृहमा स्थानीय तहका जनप्रतिनिधिहरुका लागि आयोजित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। कार्यक्रममा ओलीले महासंग्राम जितेर आएको भन्दै जनप्रतिनिधिलाई बधाई दिए ।

उनले चुनावका नाममा गरिएका अस्वस्थ र अलोकतान्त्रिक गतिविधिसँग पनि लडेर आएका कारण एमालेका जनप्रतिनिधिले महासंग्राम लडेको बताए ।

ओलीले एमाले बाहेक अरुसँग विकासको कुनै योजना नरहेको आरोप लगाएका छन् ।

उनले आफूहरुको अस्तित्व मेटाउन खोजिए पनि तानाशाहीहरुविरुद्ध एमालेले बलियोसँग डटेर उभिन सकेको बताए।

‘हाम्रो अस्तित्व मेटाउन खोजिएको थियो। तर आज पनि देशको प्रमुख राजनीतिक शक्ति हौँ’, उनले भने, ‘गठबन्धनका नाममा बनेको तानाशाहविरुद्ध हामीले बलियो प्रतिरोध गर्यौँ। राज्य शक्ति लगाएर, पैसा बाँडेर मतदाता रिझाउन खोजे पनि त्यसलाई हामीले पराजित गरेका छौँ।’

उनले स्थानीय तह निर्वाचनमा एमालेले जीवन मरणको लडाइँ लडेको जिकिर गर्दै विपक्षीले अस्तित्व मेटाउन खोज्दा पनि प्रमुख दलबाट हटाउन नसकेको जिकिर गरे।

‘हाम्रो पार्टीले जीवन मरणको लडाइँ लड्यो। यो सामान्य लडाइँ थिएन। अस्तित्व मेटाउन खोज्दा पनि आज देशको प्रमुख दल हौँ,’ अध्यक्ष ओलीले भने, ‘एमालेबाहेक अरु दलसँग कुनै देश विकासको भिजन छैन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here