प्रमुख प्रतिपक्षीको बहिष्कारकाबीच विनियोजन विधेयक बहुमतले पारित

फाइलफोटो

काठमाडौं, २ असार । प्रतिनिधिसभाले आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयक बिहीबार पारित गरेको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेले संसद् बैठक बहिष्कार गरेको अवस्थामा विनियोजन विधेयक पारित गरिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने क्रममा अनधिकृत व्यक्तिलाई सहभागी गराएको आरोपसहितका प्रश्न उठाउँदै बहिष्कार गरेको थियो ।

प्रस्तावलाई ध्वनी मतबाट निर्णयार्थ पेश गरिएको थियो। बहुमतले यसलाई पारित गरेको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here