काठमाडौं, ५ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ ।
मन्त्रालयले आइतबार एक सूचना प्रकाशित गरि दरखास्त पेश गर्न आह्वान गरेको हो ।
जसअनुसार ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्तिले सो पदका लागी दरखास्त दिन सक्नेछन्। त्यस्तै कम्तीमा कुनै विषयमा स्नातक उर्तीण गरी नेपाली चलचित्र उद्योगको स्थापनाको विकास, संरक्षण,संवद्र्धनमा कम्तीमा १० बर्ष वा प्रविणता तह उर्तीण गरी चलचित्र क्षेत्रमा २० बर्ष काम गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
योग्यता पुगेका व्यक्तिले दरखास्त, नेपाली नागरिकताको प्रमाणपत्र, वायो डाटा तथा अनुभव खुुल्ने प्रमाणपत्रको प्रतिलिपि पेस गर्नु पर्ने छ ।
थप जानकारीका लागि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको संस्थान समन्वय शाखामा सम्पर्क गर्नु पर्नेछ ।























