रवि लामिछानेले खोले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, चुनाव चिन्ह घण्टी

काठमाडौं, ७ असार । टेलिभिजनकर्मी रवि लामिछाने औपचारिक रुपमा राजनीतिमा होमिएका छन्।

मंगलबार औपचारिक राजनीतिको यात्रा र पार्टी घोषणा कार्यक्रममा उनले आफ्नो पार्टीको नाम सार्वजनिक गरेका हुन्।

क्षमतावान व्यक्तिका लागि आफ्नो पार्टीको ढोका सदैव ढोका खुला रहेको पनि उनले स्पष्ट पारेका छन्।

‘म यही मञ्चबाट नयाँ राजनीतिक दल खोल्ने घोषणा गर्छुु, उनले भने, ‘हाम्रो पार्टीको नाम हुनेछ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी।’

लामिछानेको पार्टीको चुनाव चिन्ह घण्टी रहेको छ । २१ सदस्य रहेको पार्टी आजै निर्वाचन आयोगमा दर्ता गरिने लामिछानेले बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय बसुन्धरामा आजैदेखि सञ्चालन हुने लामिछानेले बताए ।

पार्टीका ७ विशेषता
• प्रारम्भिक निर्वाचन
• बहुसंख्यक युवा
• प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री-मुख्यमन्त्री
• राइट टु रिकल एन्ड राइट टु रिजेक्ट
• डिजिटल डेमोक्रेसी
• परिवारवाद निषेध
• भ्रातृ संगठन र कार्यकर्तारहित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here