नेपाल एसीसी महिला क्रिकेट टी-२० च्याम्पियनसिपबाट बाहिरियो, वर्षा बाधक

काठमाडौं, १० असार । नेपाल मलेसियामा जारी एसिसी महिला टी–२० च्याम्पियनसिप प्रतियोगिताबाट बाहिरिएको छ ।

किनरारा एकेडेमी ओभलमा भइरहेको यूएईविरुद्धको खेलमा वर्षा बाधक बन्दा नेपाल बाहिरिएको हो ।

नेपालले उत्कृष्ट बलिङ गर्दै यूएईलाई सस्तैमा समेटे पनि जवाफी ब्याटिङ गर्न नपाएको हो ।

त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको यूएई १९.५ ओभरमा ८१ रनमा अलआउट भएको थियो ।

उसका लागि वैश्णवी महेशले १६, इशा ओझाले १५ र छाया मुगलले १४ र खुसी शर्माले १२ रन बनाए । नेपालका लागि अस्मिना कर्माचार्यले शानदार बलिङ गरिन् । ३.५ ओभर बलिङ गरेकी उनले १० रन दिएर महत्वपूर्ण ५ विकेट लिइन् ।

त्यस्तै, इन्दु वर्माले तीन र सीताराना मगरले दुई विकेट लिइन् ।

खेल रद्द भएपछि समूह विजेतका रूपमा यूएई फाइनल पुगेको छ । अब यूएईले हङकङ र मलेसियाबीच खेलको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here