मन्त्री परिवर्तनको सूची हेरफेरको प्रस्ताव समाजवादीद्धारा अस्वीकार

काठमाडौं, ११ असार । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीमा सिफारिस गरिएको सूची हेरफेरको प्रस्ताव अस्वीकार गरेको छ ।

पार्टीले गत जेठ २२ गते भएको निर्णय अनुसारकै सूचीमा रहेका व्यक्तिहरूलाई तत्काल शपथ गराउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

समाजवादीको निर्णयबाट हट्ने सूचीमा परेका उनीहरुले सांसदहरु धनबहादुर बुढा, कृष्णलाल महर्जन, निरा जैरु र हिराचन्द्र केसीको नाम पार्टीमा पठाएका थिए। उनीहरुले मुगुका सांसद गोपाल बमलाई राज्यमन्त्री बनाउन भनेका थिए।

तर केन्द्रीय कमिटी बैठकपछि बोल्ने समाजवादीका प्रवक्ता एवम् उपमहासचिव जगन्नाथ खतिवडाले मन्त्री हुने नेताको सूचीमा हेरफेर नहुने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here