सार्वजनिक यातायातको भाडादर घट्यो, कहाँ जान कति लाग्छ ? (सूचीसहित)

काठमाडौं, १२ असार । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ ।

आइतवार विभागले अन्तर प्रदेश चल्ने सवारीको भाडा घटाएको हो ।

यात्रीवाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको बताएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिलिटर पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २८ रुपैयाँ कटौती गर्ने निर्णय गरेसँगै भाडादर घटाइएको जनाइएको छ ।

कुन रूटमा कति पुग्याे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here