राष्ट्रिय एकता अभियानबाट पछि हटे वामदेव, आफ्नै नेतृत्वमा दल दर्ता गर्ने निर्णय

काठमाडौं, १४ असार । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले राजनीतिक दल दर्ता गर्ने निर्णय लिएका छन् ।

गौतमले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी दलको नाम र केन्द्रीय समितिमा रहने नेताहरुको नाम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

गौतमले नेकपा विभाजित भएपछि छुट्टै अभियान चलाउँदै आएका थिए । एकता अभियानलाई नै पार्टीमा रुपान्तरण गर्न लागेका हुन् । गौतमको पार्टीमा जेल परेर निस्किनुभएका पूर्वसांसद डिवी कार्की सचिव रहेका छन् ।

राष्ट्रिय सभाका सांसद रहेका गौतम नेपालका वामपन्थी दलहरुको एकै स्थानमा ल्याउन अभियान सञ्चालन गर्दै आएका थिए ।

उनले शनिबार मात्रै अभियानका राष्ट्रिय भेला आयोजना गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here