वामदेव गौतमको नेतृत्वमा ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा, ७५ सदस्यीय केन्द्रीय कमिटी

काठमाडौं । नेकपा (एमाले)का पूर्वउपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले नयाँ पार्टीको घोषणा गरेका छन् ।

मंगलबार काठमाडौंस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गरेका हुन् ।

साविक नेकपामा अन्तर द्वन्द्व चर्किएपछि नेकपा राष्ट्रिय एकता अभियान सुरू गरिएको र पछि सर्वाेच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि अगाडि बढेको अभियानलाई अहिले दलको रूपमा आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पार्टीको संयोजकमा वामदेव तथा सचिवमा डिबी कार्की छन् । पार्टीको आठ सदस्यीय सचिवालय पनि घोषणा गरिएको छ ।

यस्तो छ सचिवालय–

संयोजक – वामदेव गौतम
सचिव– डिबी काकी
सदस्य – ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here