फेरी घट्यो नेप्से, ४१ करोडको कारोबार

काठमाडौं, २ साउन । बुधवार उत्साहजनक रुपमा बढेको नेप्से परिसूचक विहिवार भने २.३७ अंकले घटेर १ हजार २ सय ७२.४९ अंकमा झरेको छ ।

कारोबारमा आएका धेरै कम्पनीहरुको सूचक घटेको कारण सिङ्गो नेप्से परिसूचक नै घटेको हो ।

विहिवार फाइनान्स, उत्पादन र लघुवित्त समुहको परिसूचक बढ्यो भने अन्य सबै समुहको परिसूचक घट्यो ।

विहिवार सबैभन्दा धेरै होटेल समुहको परिसूचक घट्यो । होटलको परिसूचक १.२३ प्रतिशतले घट्यो । त्यस्तै जलविद्युतको ०.६२ प्रतिशत तथा जीवन बिमाको ०.४६ प्रतिशतले घट्यो भने अन्य समुहको सूचक सामान्य अंकले घट्यो ।

विहिवार १ सय ६८ कम्पनीको १२ लाख ५० हजार ७ सय ८ कित्ता शेयर किनबेच हुँदा ४१ करोड १३ लाख ६९ हजार रुपैयाँको कारोबार भयो ।

विहिवार सबैभन्दा धेरै पैसा नेपाल हाइड्रोका शेयर धनीले कमाए । नेपाल हाइड्रोको शेयर मूल्य ९.२४ प्रतिशतले बढ्यो । त्यस्तै, माहुली सामुदायिक लघुवित्तको शेयर मूल्य ४.९४ प्रतिशत र ग्लोबर आईएमई लघुवित्तको ४.८९ प्रतिशतले बढ्यो ।

त्यस्तै सबैभन्दा धेरै गुमाउनेमा मेरो लघुवित्तका शेयर धनी रहेका छन् । मेरो लघुवित्तको शेयर मूल्य ६.८१ प्रतिशतले घट्यो ।

त्यस्तै, नबील इक्युटी फन्डको शेयर मूल्य ५.५७ प्रतिशत र एसियन लाईफ इन्स्योरेन्सको शेयर मूल्य ३.२९ प्रतिशतले घट्यो ।

विहिवार सबैभन्दा धेरै कारोबार छिमेकी लघुवित्त विकास बैंकले गरेको छ । छिमेकी लघुवित्त विकास बैंकले ५ करोड १७ लाख ६८ हजार रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here