सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँ घट्यो

काठमाडौं २३ असार । नेपाली बजारमा आज सुनको भाउ निरन्तर ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार बुधवार प्रतितोला १६ सयले घटेको छापावाल सुन आज १४ सय रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो।

छापावाल सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँ, तेजावी सुनको मूल्य ९४ हजार एक सय र चाँदीको मूल्य ११ सय ८५ रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here