नौ वटा बीमा कम्पनीको पुँजी पुगेन, नपुग्नेमा ४ जीवन र ५ निर्जीवन बीमा कम्पनी

काठमाडौं ३, साउन । बीमा समितिले दिएको समयावधि भित्र नौ वटा कम्पनीले पुँजी पुर्याउन सकेका छैनन । समितिको निर्देशन अनुसार २०७६ असारभित्र जीवन बीमा कम्पनीले २ अर्ब र निर्जीबन बीमा कम्पनीले १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने व्यवस्था थियो ।

यसकालागि समितिले पहिलो पटक २०७४ माघ १३ मा निर्देशन जारी गरेको थियो । निर्देशन जारी हुँदा पुँजी पुर्याउन २०७५ असारसम्मको समय दिएको थियो । दोस्रोपटक समय बढाएर २०७५ पुससम्म पुरयाइयो । त्यसपछि फेरी २०७६ असार सम्मको समय दिइएको थियो । तेस्रो पटक दिएको समय पनि असारमा सकिएको छ ।

असारसम्म ४ वटा जीवन र ५ वटा निर्जीवन बीमा कम्पनीको चुक्तापुँजी नपुगेको बिमा समितिले जनाएको छ । जसमध्ये जीवन बीमा तर्फ प्राइम लाइफ, सूर्या लाइफ, गुराँस लाइफ र राष्ट्रिय बीमा संस्थानले पुँजी पुर्याएका छैन ।

निर्जीवनतर्फ एनएलजी, युनाइटेड, प्रुडेन्सियल, लुम्बिनी जनरल र राष्ट्रिय बीमा कम्पनीको चुक्तापूँजी निर्देशित सीमा भन्दा कम छ ।
हाल १९ जीवन बीमा र २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । तीमध्ये १० जीवन बीमा र ३ निर्जीवन बीमा कम्पनीको पुँजी पुगिसकेको छ ।

बीमा कम्पनीलाई बोनस शेयर (लाभांश) मार्फत भए पनि चुक्तापूँजी बढाउन समितिले निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार धेरै बीमा कम्पनीले बोनस सेयरबाटै पुँजी बढाएका छन् ।

सञ्चालनमा रहेका मेट लाइफ, दि ओरियण्टल र नेशनल इन्स्योरेन्स विदेशी कम्पनीको शाखा भएकाले उनीहरूलाई चुक्तापूँजी बाध्यकारी अवस्था छैन ।
तोकिएको समयमा निर्देशित पुँजी नपुर्याउने कम्पनीलाई मर्जरमा लाने तयारी भएको समिति स्रोतले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here