बिहे नै नगरी मेलिना राई र सञ्जिव बराइलीको ‘ब्रेकअप’, तोडिन् इन्गेजमेन्ट

काठमाडौं । गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट तोडकी छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले आफूहरूबीच वैचारिक मतभेद देखिएकाले इन्गेजमेन्ट तोड्ने निर्णय गरेको बताएकी छन् ।

केही महिनाअघि मात्र ‘इन्गेजमेन्ट’ गरेको उनीहरुबीच मतभेद देखिन थालेपछि ब्रेकअप गरेको मेलिनाले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेकी छन् । ‘केही समयअगाडि मैले आफ्नो इन्गेजमेन्ट गरेको कुरा यसै सामाजिक संजालमार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो।

एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो। समय छोटै भए पनि जिन्दगीको बारेमा लामो विमर्श भयो।

हामीबीच वैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो विचारमा मेल खान सकेन। धेरै समीक्षा आत्मा समीक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो,’ उनले लेखेकी छन्।

मेलिनाले फेसबुकमा लेखेकी छन् :

बिषय –इन्गेजमेन्ट तोडिएको जानकारी !

केही समय अगाडी मैले आफ्नो भ्लनबनझभलत गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो ।

समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।

फेरि सबै इन्गेजमेन्टहरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको इन्गेजमेन्ट तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।

गत वैशाख २ गते मेलिनाले सञ्जीवसँग इन्गेजमेन्ट गरेकी थिइन् । त्यतिबेला उनले एकअर्काको हात समाउँदै अंगालो हालिरहेको फोटो सेयर गर्दै लेखेकी थिइन्,“नयाँ सुरुवातका लागि…। गट इन्गेज्ड…।”

साथै उनले सञ्जीवलाई ट्याग गर्दै ह्यास्ट्यागमा ‘टू बी हजब्यान्ड’ लेखेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here