हैजा संक्रमितको संख्या ३८ पुग्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हैजाको संक्रमण देखिएको छ । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रका मानिसमा हैजाको संक्रमण पुष्टी भएको हो ।

काठमाडौं महनगरपालिका वडा नम्बर १९ ढल्कुमा बिहीबार थप एकजनामा हैजा पुष्टी भएको छ ।

योसँग हैजाको संक्रमण पुष्टी हुनेको संख्या ३८ पुगेको छ । महाशाखाका अनुसार काठमाडौं महनागरपालिकामा सबैभन्दा धेरै १५ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।

काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिकामा ९, गोकर्णेश्वरमा दुई, चन्द्रागिरिमा दुई तथा नागार्जुन, बुढानिलकण्ठ र कीर्तिपुर नगरपालिकामा एक एक जनामा हैजा संक्रमण देखिएको हो ।

त्यस्तै, ललितपुर महानगरपालिकामा तीन र महालक्ष्मी नगरपालिकामा एक जनामा हैजा पुष्टि भएको छ । त्यसैगरी भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा एक एक जनामा हैजा देखिएको छ भने नुवाकोटको ककनी गाउँपालिकामा पनि एक जनामा हैजा संक्रमण पुष्टी भएको महाशाखाको तथ्यांक छ ।

उपत्यकाका धेरै ठाउँमा हैजा फैलिसकेको छ । तर, सरकारले हैजाबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ । पहिलो पटक काठमाडौंको बागबजार क्षेत्रमा असार २ गते दुई जनामा हैजा देखिएको थियो। त्यसपछि बिरामीको संख्या बढ्दै आएको छ।

काठमाडौं, ललितपुर महानगरले पानीपुरी, चटपटेलगायत सडकमा बेचिने खानेकुरामा प्रतिबन्ध लगाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here