६६० जनामा कोरोना पुष्टी, १ जनाको मृत्यु

काठमाडौं, २१ साउन । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ६६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आंकडा अनुसार यस अवधिमा एक जनाको मृत्यु भएको छ ।

शनिबार एन्टिजेन र पिसिआर गरी कुल ४६ सय ८२ वटा नमुनाको परीक्षण भएको थियो । यस अवधिमा निको हुनेको संख्या भने ४४४ जना रहेको छ । अब देशभर ५ हजार ६४१ जना सक्रिय संक्रमित रहेका छन् । यो अवधिमा २० हजार ६६६ जनाले खोप लगाएको समेत मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here