चलचित्र लाल सिंह चड्ढा र रक्षाबन्धन विवाद : राजनीति र स्टार कलाकारलाई गाली गरी युट्युवमा हिट हुने चाहना

काठमाडौं\बीबीसी, २२ साउन । भारतका दुईजना चर्चित कलाकार यतिखेर सामाजिक सञ्जालमा आफूहरूलाई गरिएका बहिष्कारका आह्वान खेपिरहेका छन्। के त्यस्ता अभियानहरूले साँच्चिकै केही प्रभाव पार्लान् ? लाल सिंह चड्ढा चलचित्रमा आमिर खान र रक्षाबन्धनमा अक्षय कुमार मुख्य पात्रको अभिनय गरेका छन्।

यी चलचित्र यो साता सामाजिक सञ्जालमा ट्रेन्डिङमा छन् । प्रयोगकर्ताहरूको एउटा पङ्क्तिले ती चलचित्र, अभिनेता र बलिवूड सबैलाई बहिष्कार गर्न आह्वान गरेको थियो। ती दुवै चलचित्रहरू ११ अगस्टमा रिलिज हुँदैछन्।

बदलिँदो सम्बन्ध
सोसल मिडियाका ट्रेन्डहरूमा बलिवूड र उसका दर्शकहरूबीचको बदलिँदो सम्बन्धको प्रतिविम्ब देख्न पाइन थालेको छ। तर त्यस्ता आह्वानहरूले पुर्‍याउने क्षतिको मापन गर्ने काम कठिन हुने बताइन्छ।

कोभिड १९ लकडाउनबाट महिनौँ सिनेमाघरहरू बन्द हुँदा पुगेको ठूलो क्षतिबाट बलिवूड अझै तङ्ग्रिन सकेको छैन। सिनेमाघरहरू खुले तापनि धेरै रकम खर्च गरेर बनाइएका कैयौँ चलचित्रहरू बक्स अफिसमा असफल भएका छन् जसलाई केही विश्लेषकहरूले बलिवूड एउटा ठूलो सङ्कटोन्मुख रहेको ठान्छन्।

यसबीच केही दक्षिण भारतीय राज्यहरूमा बनेका चलचित्रले भने ठूलो सफलता पाइरहेका छन् जसलाई हिन्दी भाषी दर्शकले समेत रुचाएका छन्। त्यसैले लाल सिंह चड्ढाबाट धेरै आशा गरिँदै त्यसैगरी पैसा खर्चिएको थियो।

उक्त चलचित्र टम ह्यान्स्क अभिनित फरेस्ट गम्पको औपचारिक हिन्दी रूप हो। रक्षाबन्धनमा अक्षय कुमारले चार बहिनीहरूको एक प्रतिबद्ध दाजुको भूमिका निर्वाह गरेका छन्। अनलाइनमा दक्षिणपन्थीहरूले अभिनेताहरू वा चलचित्रसँग जोडिएका अन्य व्यक्तिहरूका पुराना कुराहरू उठाउँदै उनीहरूलाई भारतविरोधी वा हिन्दूविरोधी भएको आरोप लगाउँछन्।

सन् २०१५ मा उनले दिएको अभिव्यक्तिलाई जोडेर केही मानिसहरूले धार्मिक असहिष्णुताको कुरा उठाएपछि खानले सार्वजनिक रूपमै आफ्नो बचाउ गर्दै आफूले भारतलाई माया गर्ने कुरामा जोड दिए।

उनका अभिव्यक्तिहरू सन् २०१४ यता हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टी (भाजपा) सत्तामा आएसँगै अल्पसङ्ख्यकहरूमाथि बढेको हमलालाई जोडेर आएझैँ देखिन्थ्यो। जसलाई विवादमा तानिएपछि खानले आफ्ना शब्दलाई सन्दर्भ मोडेर प्रयोग गरिएको बताउँदै आएका छन्।

यसै साता ती कलाकारले आफूले भारतलाई मन नपराउने भन्ने कुरा दर्शकहरूले साँच्चिकै विश्वास गरेजस्तो देख्दा आफू दुःखी भएको बताए। उनले सञ्चारमाध्यमसँग भने, कुरा त्यस्तो होइन भनेर म सबैलाई आश्वस्त पार्न चाहन्छु। त्यसैले कृपया मेरा चलचित्रहरूलाई बहिष्कार नगर्नुहोस्।

रक्षाबन्धनका हकमा ठ्याक्कै के कुराले विरोध जन्माइरहेको छ भनेर बुझ्न कठिन छ। अक्षय कुमार आम्दानीका हिसाबले भारतका सबैभन्दा भरपर्दा मध्येका कलाकार हुन्। उनले हिन्दू राष्ट्रवादीहरूलाई आकर्षित गर्ने एकपछि अर्को चलचित्रहरू बनाएका छन्।

तर धेरै सामाजिक सञ्जाल पोष्टहरूमा फिल्मका पटकथा लेखकको गाईरक्षकहरूले आलोचना गरेका छन् भने अन्यले अक्षय कुमारको मन्दिरमा हुने पूजाहरूमा गाईको दूध खेर गइरहेको भन्ने ट्वीटलाई कारण बनाएका छन्। सन् २०१२ मा धर्मको नक्कल गर्नेहरूको आलोचना गरिएको चलचित्रलाई समेत निशानाको कारण बनाइएको छ।

अनलाइनमा ुकालोसूचीुमा राख्ने आह्वानहरू उल्लेख्य रूपमा वृद्धि भएका छन,’ चलचित्र समीक्षक उदय भाटिया भन्छन्। यी लगभग कहिल्यै स्वतस्फूर्त, होइनन्, र धेरैजसो दक्षिणपन्थी मुद्दालाई उचाल्छन्। भाटियाले इङ्गित गरेजसरी यस्ता अभियानहरू ‘प्रायःजसो चलचित्र वा कलाकारले आम धारणामा पार्ने असरको कल्पनामा घुम्ने गर्छन्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here