फेरि ओरालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोवार ?

काठमाडौं, २२ साउन । आइतवार सुनको भाउ तोलाको ५०० रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९६ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन शुक्रवार सुन ९६ हजार ८०० रूपैयाँ कायम भएको थियो । गत शुक्रबार सुनको भाउ ७०० रूपैयाँ बढेको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १५ रूपैयाँले घटेर १ हजार २०५ रूपैयाँ कायम भएको हो ।

शुक्रार चाँदी १ हजार २२० रूपैयाँमा किनबेच भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here