काठमाडौं, २४ साउन । सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको भाउ प्रतितोला ६०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो । त्यस्तै, यसअघि प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको तेजावी सुनलाई आज ९६ हजार ४०० रुपैयाँ पर्नेछ ।
यता, चाँदीको भाउ भने एकैपटक प्रतितोला ३५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक हजार २०५ रुपैयाँबाट बढेर एक हजार २४० रुपैयाँ पुगेको छ ।