चलचित्र ‘२ नम्बरी’को टिजर, दयाहाङ र सौगातबीच मित्रता देखाउने प्रयास

काठमाडौं । चलचित्र ‘२ नम्बरी’को टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रका मुख्य कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङ चित्रित छन् ।

टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकार फिचर्ड छन् । दयाहाङ राई र सौगात मल्ललाई केन्द्रमा राखेको टिजरले उनीहरु दुईबीचको मित्रता देखाउने प्रयास गरेको छ ।

टिजरमा रोमान्स र मानवीय अन्तरद्वन्द्व कथा समेटिएको छ । दयाहाङ र उगेन तथा सौगात र उपासनाको जोडी बाँधिएको छ । गाउँको परिवेशमा कमेडी कथा बुनिएको चलचित्रले मित्रताको कथा भन्छ ।

दुई साथीको मित्रताको कथा भन्ने चलचित्र असोजको २१ गते रिलिज हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here