सुनको कारोबार मूल्य साउनयताकै उच्च

काठमाडौं, २५ साउन । नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले बढेको हो।

दुई सय रुपैयाँले बढेको सुन आज प्रतितोला ९७ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार १ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९६ हजार ६ सय रुपैयाँ पुगेको छ।

अघिल्लो दिनका तुलनामा ६ सय बढ्दा मंगलबार प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबारको कारोबार मूल्य साउनयताकै उच्च हो।

बुधबार चाँदीको भाउमा भने गिरावट देखिएको छ। चाँदीको भाउ मंगलबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको हो।

चाँदी प्रतितोला १२३० रुपैयाँमा कारोबार भइरहेको छ।