विष्णु माझीले ल्याइन् ‘चरी जेलैमा-२’

काठमाडौं । लोकगायिका विष्णु माझीले तीजको अवसरमा नयाँ गीत ‘चरी जेलैमा-२’ ल्याएकी छन्।

सुन्दरमणि अधिकारीको शब्द तथा संगीतमा माझीको नयाँ गीत आएको हो। सपना म्युजिक इन्डिस्ट्रिजले ल्याएको गीत बुधबार साँझ यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

गत वर्ष तीजको अवसरमा माझीले ‘चरी जेलैमा’ गीत ल्याएकी थिइन्। त्यो गीतले खुबै चर्चासँग विवाद मित्याएको थियो। ‘चरी जेलैमा’ गीतले युट्यूमा तीन करोड ८० लाख भ्युअर पाएको थियो।

अघिल्लो वर्ष चरी जेलैमाले छोटो समयमा करोड क्लवमा प्रवेश गर्ने कीर्तिमान कायम गरेको थियो । उक्त कीर्तिमान पछि प्रकाश सपुतको ‘पिर’ ले तोडेको थियो

यस पटक पनि उनले तीजकै अवसरमा पारेर नयाँ गीत ‘चरी जेलैमा-२’ ल्याएकी हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here