जनैपूर्णिमा अर्थात क्वाँटी खाने दिन, यसरी बनाउनुहोस् स्वादिलो क्वाँटी

काठमाडौं । जनैपूर्णिमा अर्थात क्वाँटी खाने दिन। बिहान ब्राह्मणले जपेको डोरो हातमा बाँध्ने, जनै फेर्ने, दिदी-बहिनीले आफ्ना दाजु-भाइलाई राखी बाँध्ने र नौ प्रकारका गेडागुडी मिश्रित क्वाँटी खाने गरिन्छ।

हिन्दू धर्मावलम्बीहरुले देशभर जनैपूर्णिमा अर्थात् ऋषितपर्णी पर्व मनाउने गर्दछन् । तागाधारीहरुले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको डोरो बांधी रक्षाबन्धन पनि गरिन्छ ।

बाधिएको डोरो गाइ तिहारका दिन गाइको पुच्छरमा बांधेमा मृत्युपछि बैतरणी पार भइन्छ भन्ने जनविश्वास रहेको छ ।

चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर खानेचलन छ ।

यस्ता गेडागुडीको मिश्रण खानु अघि यस्लाई टुसा उम्रेने गरी पानीमा भिजाउने चलन छ । चार दिन भिजाएर टुसा उम्रेपछी मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदा जनक छन् टुसा उमारी बनाइने विशेष प्रकारको परम्परागत नेपाली परिकार (झोल) हो ।

क्वाँटी पौष्टिक तत्वको खानी मानिन्छ। यसमा प्रशस्त प्रोटिन, भिटामिन र मिनरल्स रहेको हुन्छ। जुन शरीरका लागि आवश्यक तत्व हुन्। शरीर तन्दुरुस्त राख्न पौष्टिक तत्वको आवश्यकता पर्छ। ती पौष्टिक तत्व विभिन्न खानामा पाइन्छ।

यिनै पौष्टिक तत्वको मात्रा अंकुरित गुडागुडीमा रहेको हुन्छ। अंकुरित गुडागुडी जनैपूर्णिमा मात्र होइन अघिपछि पनि खान सकिन्छ। बढ्दो उमेरका केटाकेटी र बुढाबुढीलाई थप पौष्टिक तत्वको आवश्यकता बढी हुन्छ। जनैपूर्णिमामा क्वाँटी खाने प्रचलन धेरै पहिलेदेखि चलिआएको हो ।

क्वाँटी नौ थरी गेडागुडी मिसाएर तयार गरिन्छ, जसमा चना, मस्यांङ, मुगी, बोडी, मास, भटमास, सीमी, ठूलो केराउ, सानो केराउ पर्दछन ।

क्वाँटी विशेष गरि नेवारी परिकार हो । नेवारी भाषामा क्वाँ भनेको तातो हो भने टि भनेको झोल हो । क्वाँटी विभिन्न गेडागुडीबाट बनाइने हुनाले यो परिकार पोषणले भरिपूर्ण हुन्छ ।

क्वाँटीको फाइदा अनेक

जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

क्वाँटीले रोग प्रतिरोधी क्षमतासमेत बढाउने भएकाले कोरोनाबाट बच्न उपयोगी हुन्छ । बर्खाको समयमा खेतीकिसानी गर्नेहरुलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्व रहेको छ । केराउ, चना, मुगी, मास, सिमी, भटमासलगायतका गेडागुडी मिसाई पानीमा भिजाएर टुसा निक्लिएपछि क्वाँटी तयार पारिन्छ ।

मधुमेह, पायल्स, कब्जियत, रुघाखोकी, लिभरसिरोसिस, सुत्केरी महिला, वृद्ध वृद्धाका लागि समेत क्वाँटीले फाइदा गर्छ । तर प्रोटिनको मात्रालाई सन्तुलनमा राख्नुपर्ने मृगौला रोगी, युरेनिया तथा युरिक एसिडका बिरामीले भने क्वाँटी खाँदा विचार पुर्‍याउनु पर्ने पन्तको भनाइ रहेको छ ।

त्यसो त क्वाँटी बनाउने बिभिन्न तरिका हुन सक्छन् । कसैले भुटेर त कसैले झोल राखेर साकाहारी स्वादको क्वाँटी पकाउँछन् । कसैले कुखुरा र खसीको मासु मिसाएर पनि क्वाँटी बनाउँछन् । यहाँ साकाहारी क्वाँटी बनाउने उपाय दिइएको छ :

के–के सामाग्री जुटाउने

– टुसा पलाएका मिक्स गेडागुडी– २०० ग्राम

– ज्वानो– १० ग्राम

– सौफ– ५ ग्राम

– तोरी– ५ ग्राम

– करी पाउडर– ५ ग्राम

– काटेको/पिनेको लसुन– १० ग्राम

– काटेको/पिनेको अदुवा– १० ग्राम

– ताजा रातो खुर्सानी– ५ ग्राम

– बेसारको धुलो– ५ ग्राम

– काटेको प्याज– २० ग्राम

– काटेको गोलभेडा– ४० ग्राम

– स्वाद अनुसार– नुन

– काटेको हरियो धनियाँ– ५ ग्राम

क्वाँटी खानुको रहस्य

परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । विभिन्न थरीका नौ गेडगुडीको टुसा उमारी पुर्णिमाका दिन क्वाटी खाने गरिन्छ । शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि क्वाँटीको विशेषता छ ।

मास, भटमास, मुङ, ठूलो केराउ, सानो केराउ, चना, सिमी र बोडीको मिश्रण नै क्वाँटी हो । धार्मिक मान्यताअनुसार प्रत्येक श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको रातमा क्वाँटी खाने चलन छ ।

क्वाटी जनै पूर्णिमाको विशेषता नै हो । त्यसैले पनि क्वाटी किन्नका लागि बजारमा बिशेष घुइँचो देखिन्थ्यो भने व्यापारीहरु क्वाटी बेच्न व्यस्त थिए ।

विहान बाह्रमणले जपेको तावा हातमा बाँध्ने, दिदिबहिनीले आफ्ना दाजुभाईलाई हातमा राखी बाध्ने र बेलुका नौ प्रकारका गेडागुडी मिश्रित क्वाटी खाने हिन्दु मान्यता छ । खासगरी नेवार समुदायमा क्वाटी खाने प्रचलन बढी छ । नेपाल कृषिप्रधान मूलुक भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाटी खाने गरिएको हो ।

क्वाँटी तयार गर्ने तरिका

नौ प्रकारका गेडागुडीहरु (जस्तै चना, केराउ, सिमी, बोडी, मास, सानो केराउ, बक्कुला, राज्मा, भटमास लगायतका कम्तीमा ९ थरीका गेडागुडीहरु) २ दिनअघि नै भिजाएर पक्कै राख्नु भएको होला । यो सामाग्री तयार गर्नुहोस् । माथि दिइएका अन्य समाग्री पनि किचनमा तयार गर्नुहोस् ।

-प्रेसर कुकरमा तेल तताउनुहोस् ।

-तेल तातेपछि ज्वानो, सौंफ र तोरी फुराउनुहोस् । एकैछिनमा काटेर राखेको प्याज, लसुन, अदुवा, ताजा रातो खुर्सानी पनि राख्नुुहोस् र २–३ मिनेट भुट्नुहोस् ।

-अब, मिक्स गेडागुडी हालेर केही बेर भुट्नुहोस् ।

-करी पाउडर, बेसारको धुलो, काटेको गोलभेडा, नुन स्वादअनुसार हालेर राम्रोसँग चलाउनुहोस् र पुनः २–३ मिनेट भुट्नुहोस् ।

-केहीबेर भुटिसकेपछि पानी हालेर प्रेसर कुकरको बिर्को बन्द गर्नुरिदिनुहोस् ।

-ठूलो आगो पारेर करिब ६–७ शिठी लगाउनुहोस् । र हावा गएपछि बिर्को खोल्नुहोस् ।

-क्वाँटीलाई आकर्षक देखाउन काटेको हरियो धनियाँ हालिदिनुहोस् ।

-अब तपाईंको भान्सामा स्वादिलो क्वाँटी तयार भयो ।

-क्वाँटीलाई अझ स्वादिलो बनाउन गरम मसला पनि राख्न सकि५न । साथै पुनः तेलमा सुकेको रातो खुर्सानी, जिराको दाना र ज्वानो हालेर क्वाँटी झान्न पनि सक्नुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here