नेपालमा निर्वाचन कै दिन विश्वकप शुरु

Photo : Marca

काठमाडौं, २७ साउन । आगामी नोभेम्बर-डिसेम्बरमा कतारमा आयोजित फिफा विश्वकप फुटबल एक दिन अघि सरेको छ । यससँगै अब नेपालमा निर्वाचन हुने दिन नै विश्वकप शुरु हुने भएको छ ।

यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरु हुने तालिका थियो । तर अब एक दिन अघि अर्थात नोभेम्बर २० मै विश्वकप सुरु हुनेछ । जसमा आयोजक कतारले इक्वेडरसँग उद्घाटन खेल खेल्नेछ । यसअघिको तालिका अनुसार कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा तेस्रो खेलको रुपमा थियो ।

जसले गर्दा नेदरल्याण्ड्स र सेनेगलबीचको खेल विश्वकपको पहिलो खेल हुने तय थियो । तर आयोजकले विश्वकपको पहिलो खेल खेल्दै आएको चलनलाई निरन्तरता दिन विश्वकप एक दिन अगाडि सारिएको हो ।

आयोजक देश कतार र विश्व फुटबलको सर्वोच्च निकाय फिफाबीचको छलफलपछि खेल एक दिन अघि सारिएको हो । कतार र इक्वेडरबीचको खेल अघिल्लो दिन सारेपछि अब नोभेम्बर २१ मा तीन खेल मात्र हुनेछ । जसमा समूह ‘ए’ का नेदरल्याण्ड्स र सेनेगल तथा समूह ‘बी’ का इंग्ल्याण्ड र इरान तथा वेल्स र अमेरिकाबीच खेल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here